अनेरास्ववियुको निर्वाचन विद्युतीय मेसिनबाट हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अनेरास्ववियुको निर्वाचन विद्युतीय मेसिनबाट हुने


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन विद्युतीय मेसिनबाट हुने भएको छ । फागुन २ गतेबाट जारी महाधिवेशनमा सहमति नजुटेपछि आज बिहीबार मतदान हुन लागेको हो । निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ ।

बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि सबै सदस्य नआइसकेकाले अझै केही समय लाग्ने बताइएको छ । अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस