सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुखको चासो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुखको चासो


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सभामुख घिमिरेले बिहीबार बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा.किरण नकर्मीसँग भण्डारीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका हुन् ।

त्यस क्रममा सभामुख घिमिरेले उपचारमा कमी हुन नदिन र संवेदनशील हुन ध्यानाकर्षण गराउनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् ।

गए राति ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । यसैबीच सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न विभिन्न पार्टीका नेता कार्यकर्ता कीर्तिपुर अस्पताल पुगेका छन् ।

सांसद भण्डारीको उपचार नेपालमा सम्भव नहुने अस्पतालले जनाएको छ । तर भण्डारीले भने नेपालमै उपचार गराउने मनसाय व्यक्त गरेको पारिवारिक स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस