ग्यास विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ग्यास विस्फोटमा घाइते कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

बुधबार राति बुद्धनगरस्थित निवासमै खाना पकाउने ग्यास पड्किएर जलेका सांसद भण्डारी र उनका आमा हरिकला भण्डारीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

सांसद भण्डारीको २५ प्रतिशत शरीर जलेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । तर उनको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजानेबारे परिवार र पार्टीका नेताहरूसँग छलफल भइरहेको भण्डारीका सहयोगी भुवन भुसालले जानकारी दिए ।

आमालाई बचाउने क्रममा भण्डारीको शरीरमा पनि आगो लागेको थियो । आमाको भने ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको बताइएको छ ।

सम्बन्धित समाचार : ग्यास सिलिन्डर विस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी घाइते

Tags :
प्रतिक्रिया दिनुहोस