ग्यास सिलिन्डर विस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ग्यास सिलिन्डर विस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी घाइते


४ फाल्गुन २०७९, बिहिबार


खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्रकान्त भण्डारी घाइते भएका छन् ।

गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएका हुन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिन्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनी गए राति नै उक्त अस्पताल पुगी नेता भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस