धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धौवादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको जिम्मा निजी क्षेत्रलाई दिन आग्रह गरेका छन्।

बुधबारदेखि नवलपुरमा सुरु भएको सातौँ नवलपुर महोत्सवमा सम्बोधन गर्दै महासङ्घका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले भने, ‘लामो समयसम्म यस फलाम खानीबाट व्यावसायिक रूपमा उत्पादन हुन सकेन । अब विलम्ब नगरी यसको सञ्चालनको जिम्मा निजी  क्षेत्रलाई दिइयोस् । यसलाई सञ्चालन गर्न हामी तयार छौ । हामीले स्थानीय व्यवसायीसँग सहकार्य गरेर वा वैदेशिक लगानी भित्र्याएर यसलाई सञ्चालनमा ल्याउँछौँ ।

उनले सरकारले हरेक बजेट तथा कार्यक्रममा यो कारखाना सञ्चालनका कार्यक्रमहरू राख्ने गरेको तर कार्यान्वयन हुन नसकेको कुरालाई औँल्याउँदै निजी क्षेत्रलाई जिम्मा दिन सकेमा तत्काल सञ्चालनमा लैजान सकिने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका केही सूचकहरू सकारात्मक हुँदै गएको बताउँदै छिट्टै अर्थतन्त्रमा सुधार आउने समेत विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस