७० नम्बर ल्याउँदा पनि लाइसेन्स दिने व्यवस्था बन्द गरौँ : राजेन्द्र पाण्डे « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

७० नम्बर ल्याउँदा पनि लाइसेन्स दिने व्यवस्था बन्द गरौँ : राजेन्द्र पाण्डे


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले ७० नम्बर ल्याए पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउने व्यवस्था खारेज गर्न माग गरेका छन् ।

उनले मोटरसाइकल, स्कुटर र भ्यानमा ७० नम्बर ल्याए पनि लाइसेन्स पाउने तर ट्रक, बस, डोजरमा भने १०० नम्बर नै ल्याउनुपर्ने व्यवस्थाले एउटै सडकमा गाडी चलाउनेसँग दुई थरि लाइसेन्स हुने बताए ।

प्रतिनिधिसभामा बोल्दै उनले ट्राफिक लाइटमा गाडी गुडाउँदा, युटर्नमा बत्ती नबाल्दा र अस्वाभाविक रूपमा गाडी गुडाउँदा पनि लाइसेन्स दिने मापदण्ड बनेको भन्दै उक्त मापदण्ड गलत भएको बताए ।

उनले भने, ‘म बागमती प्रदेशको मुख्यमन्त्री हुँदा यो निर्देशिका बागमती प्रदेशमा लागू गर्न मानिन । १५ नम्बर काटेर जनता मार्ने लाइसेन्स दिनुहुँदैन भनेर लागू गरिन, अहिले लागू भएछ । सरकार गलत बाटोमा छ । यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ ।’

सांसद पाण्डेले सवारी चलाउन सक्षम व्यक्तिले मात्र लाइसेन्स पाउनुपर्ने धारणा राखे । ‘नभए गाउँमा नागरिकता टोली आउँदा टेबुल राखेर नागरिकता बाँडेजस्तै लाइसेन्स दिए भइहाल्यो नि । एसइईको सर्टिफिकेट दिँदा सँगै लाइसेन्स दिए भइहाल्यो नि, किन ट्रायल लिनुपर्‍यो ?’

यस्ता मापदण्डका कारण नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरमा अमान्य हुन सक्ने खतरा पनि रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस