सरकारी वकिल कार्यालयले भन्यो : रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु परेन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सरकारी वकिल कार्यालयले भन्यो : रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नु परेन


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।

लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्ण पाठ सर्वोच्च अदालतबाट आई नसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।

त्यसपछि उनले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नु नपर्ने भन्दै थन्क्याउने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले भने, ‘यही विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा परेको जाहेरीमाथि अनुसन्धान सुरु भएको रहेछ । त्यहाँ छानबिन चलिसकेपछि यहाँ आएको उजुरीमाथि थप केही गर्नुपर्ने देखिएन । त्यसैले थप केही गर्नुपरेन भनी निर्णय गरेर यो उजुरी थन्क्याउने निर्णय गरेका छौँ ।’

सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले भने रविले नागरिकताको अभिलेख भेटिएको जवाफ लेखेको एक सरकारी वकिलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस