आयोगको निर्णयविरुद्ध बालेनले दायर गरेको रिटको सुनुवाइ आज « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आयोगको निर्णयविरुद्ध बालेनले दायर गरेको रिटको सुनुवाइ आज


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) ले दायर गरेको निर्वाचन आयोग विरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

साहले आयोगले आफूलाई तोकेको जरिवाना कानुन विपरीत रहेको भन्दै पुस १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

आयोगले निर्वाचन खर्च विवरण समयमा नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका थुप्रै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार साहलाई आयोगले सात लाख ५० हजार जरिवाना तोकेको थियो ।

साहले ३० दिन भित्र बुझाउनु पर्ने निर्वाचन खर्च ३०औँ दिन सार्वजनिक बिदा परेकाले ३१औँ दिनमा बुझाएको हुनाले आफूले जरिवाना तिर्नु नपर्ने तर्कसहित रिट निवेदन दायर गरेका हुन् ।

रिटमा आज संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ । आयोगले समयमा खर्च विवरण नबुझाउने अन्यलाई पनि कारबाही गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस