टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । सिरिया र टर्कीको सीमामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ।

टर्की​मा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीले जनाएका छन्। सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

टर्कीबाट उत्तरपश्चिम सिरियामा बाब अल-सलाममा मानवीय सहायता बोकेका दश वटा अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका ट्रकहरू पुगेका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसको जिउँदै उद्धार गरेको बताएका छन्। ​भूकम्पपछि सिरियामा ५ दशमलव ३ मिलियन मानिस घरबारविहीन हुन सक्ने राष्ट्र सङ्घको अनुमान छ।

टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल खानाको आवश्यकता रहेको राष्ट्र सङ्घले जनाएको छ। टर्कीमा ८२ देशका ९ हजार ४६ विदेशी कर्मचारी विपद् क्षेत्रमा कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस