कुशल भुर्तेलको पहिलो ओडिआई शतक « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कुशल भुर्तेलको पहिलो ओडिआई शतक


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाली ओपनर कुशल भुर्तेलले करियरको पहिलो एक दिवसीय शतक प्रहार गरेका छन्। 

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका हुन्।

व्यक्तिगत ५८ रनमा जीवनदान पाएका कुशलले ९९ बलमा ९ चौका र ४ छक्कासहित शतक पुरा गरेका हुन्।

उनको यो एक दिवसीय अन्तर्राष्ट्रियको पहिलो शतक हो। 

सन् २०२१ मा पिएनजीसँग ओमानमा डेब्यु गरेका भुर्तेलले यसअघि ३ अर्धसतक पूरा गरेका छन्।

जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार पार्दासम्म ४२ ओभरमा ५ विकेट गुमाउँदै २ सय ४१  रन बनाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस