लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्न गृहको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लुटपाट र आगजनीमा संलग्न व्यक्तिलाई कारबाही गर्न गृहको निर्देशन


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले सोमबार काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनको क्रममा लोत्से मलमा रहेको मोबाइल पसल तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरूलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सचिव विनोद प्रकाश सिंहले सोमबार भएको घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलाई निर्देशन दिएका हुन्।

सोमबार नयाँ बसपार्कको बुधमहल अगाडि यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलको मोबाइल पसलमा लुटपाट चलेको थियो। प्रदर्शनकारीहरूले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए भने लोत्से र कान्तिपुर महलका सिसाहरू पनि तोडफोड गरेका थिए।

त्यस्तै प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको डिएसपी चढ्ने भ्यान, प्रहरी भ्यान जलाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस