एकीकृत समाजवादीले पनि राष्ट्रपतिको उम्मेदवार उठाउन सक्छ : झलनाथ खनाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादीले पनि राष्ट्रपतिको उम्मेदवार उठाउन सक्छ : झलनाथ खनाल


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन् ।

मङ्गलवार प्रेस सङ्गठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने, ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन ।’

उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उल्लेख गरे । राष्ट्रपतिमा तपाईँको पनि चर्चा चलेको छ नि भन्ने जिज्ञासामा खनालले भने, ‘चर्चा गरिदिएकोमा धन्यवाद ।’

राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ । ‘राष्ट्रपतिको निर्वाचन भनेको महत्त्वपूर्ण एजेन्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दूरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्छ,’ खनालले भने, ‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस