राष्ट्र बैंकले आज १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्र बैंकले आज १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलवार १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीबो बोलकबोल गर्न लागेको बैंकले ८ अर्ब रुपैयाँ पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी १० अर्ब रुपैयाँ नयाँ बिक्री गर्न लागेको हो ।

इच्छुक खरिदकर्ताले तोकिएको समयसम्म अनलाइन आवेदन दिन सक्नेछन् । ट्रेजरीको बोलकबोल भने मङ्गलवार दिउँसो २ बजे हुने बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले गत माघ २३ गते १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस