सुर्खेत घटना : आन्दोलनकारीले विद्युत् लाइन काट्दा विद्युत् अवरुद्ध « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुर्खेत घटना : आन्दोलनकारीले विद्युत् लाइन काट्दा विद्युत् अवरुद्ध


१ फाल्गुन २०७९, सोमबार


सुर्खेत । वीरेन्द्रनगरमा जारी आन्दोलनकारीहरूले विद्युत् लाइन काट्दा वीरेन्द्रनगरमा विद्युत् अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सुर्खेत शाखाका अनुसार आन्दोलनकारीहरूले विद्युत् तार काट्दा खजुरादेखि बजार क्षेत्रमा विद्युत् अवरुद्ध भएको हो ।

मंगलगढी चोकमा मर्मत कार्य गर्न खोज्दा आन्दोलनकारीले सम्भव नभएको प्राधिकरणले जनाएको छ । आन्दोलन नियन्त्रण नभएसम्म मर्मत कार्य गर्न सम्भव नहुने बताइएको छ ।

आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्‍याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस