उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुरधाम आउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुरधाम आउने


१ फाल्गुन २०७९, सोमबार


जनकपुर । उपराष्ट्रपति नन्दबहादुर पुन आज जनकपुरधाम आउने भएका छन्।

माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा आयोजित कार्यक्रममा सहभागी हुन उनी सोमवार जनकपुरधाम आउन लागेका हुन्।

मधेस प्रदेश सरकारले जनयुद्धका शहीद परिवारलाई सम्मानमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन् उपराष्ट्रपति पुन जनकपुर आउन लागेको मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले जानकारी दिए।

उपराष्ट्रपति पुन सोमबार बिहान साढे १० बजे जनकपुरधाम आइपुग्ने र ११ बजेदेखि मधेस भवनको कवर्ड हलमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने मन्त्री यादवले बताइन्।

माओवादीले फाल्गुन १ गते सुरु गरेको जनयुद्धको सम्झनामा आयोजना हुन लागेको कार्यक्रममा शहीद परिवारहरूलाई सम्मानका साथै मधेस सरकारको निर्णय अनुसार शहीद परिवारहरूलाई एक/एक लाखको चेक हस्तान्तरण गर्नेछ। पाँच सय भन्दा बढी शहीद परिवारलाई राहत स्वरूप चेक हस्तान्तरण गरिने कार्यक्रम रहेको जनाइएको छ। यस अघिको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले शहीद परिवारहरूलाई राहत स्वरूप एक/एक लाख दिने निर्णय गरेको थियो।

गत वर्षदेखि जनयुद्ध दिवस र जनयुद्धका शहीदहरूलाई सम्मान गर्न थालिएको हो। विगतमा सरकारले गरेको निर्णयलाई निरन्तरता दिइएको उद्योग, पर्यटन तथा वन मन्त्री यादवले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस