स्पेनिस ला लिगा : बार्सिलोनालाई शीर्ष स्थानमा ११ अंकको अग्रता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्पेनिस ला लिगा : बार्सिलोनालाई शीर्ष स्थानमा ११ अंकको अग्रता


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । पेड्रीको निर्णायक गोलमा शीर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ।

क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली भिल्लारियलमाथि १-० को झिनो जित दर्ता गर्दै शीर्षस्थानमा ११ अंकको अग्रता बनाएको छ।

आइतबार राति स्पेनिस युवा मिडफिल्डर पेड्रीले १८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए।

यहीँ अग्रता जोगाएको बार्सिलोनाले महत्त्वपूर्ण ३ अङ्क जोड्यो। यस जितसँगै शीर्षस्थानको बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ११ अङ्कले पछि पारेको छ। बार्सिलोनाको २१ खेलबाट ५६ अङ्क पुगेको छ।

एक खेल कम खेलेको रियलको ४५ अङ्क छ। पराजित भिल्लारियल ३१ अङ्क जोडेर आठौँ स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस