२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निष्कासन

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ बर्ष अवधिको “११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५” निष्कासन गरी बिक्री खुला गरेको छ ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको, रु. १,००० प्रति ऋणपत्र अङ्कित मूल्यका ५० लाख कित्ता ऋणपत्र आज मिति २०७९ माघ २९ गते देखि निष्कासन गरेको हो । निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिनेछ । यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन् ।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम  २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्कासन तथा बिक्री छिटोमा फाल्गुन ३ गते र ढिलोमा फाल्गुन १४ गतेसम्म बन्द हुने गरी तोकिएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको यस ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । वार्षिक ११.२५% का दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने छ ।

बैंकले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सनराइज क्यापिटल लिमिटेडलाई तोकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवम् तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस