कृषि र पर्यटनबाट सुदूरपश्चिमका जनताको जीवनस्तर उकास्छौँ : मुख्यमन्त्री शाह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कृषि र पर्यटनबाट सुदूरपश्चिमका जनताको जीवनस्तर उकास्छौँ : मुख्यमन्त्री शाह


२९ माघ २०७९, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरका जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा जोड दिने बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले ठूला पूर्वाधार निर्माणका लागि आर्थिक समस्या हुने भएकोले सुदूरपश्चिममा रहेका सम्भावनाहरूको खोजी गरेर जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताए ।

उनले सुदूरपश्चिममा कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहकोले तीनको संरक्षण र प्रवर्द्धन प्रदेश सरकारले गर्ने बताए । 

यस्तै मुख्यमन्त्री शाहले खुला सीमाका कारण सुदूरपश्चिम लागु औषधको उच्च जोखिम रहको बताए । लागु औषधले किशोर–किशोरीमा नराम्रो प्रभाव पारेको भन्दै निर्मूल पार्नतर्फ प्रदेश सरकार सजग रहेको बताए ।

काँग्रेस बहुदलवाद मान्य पार्टी भएकोले सबै जाती धर्म पेसा समुदायको संरक्षण गर्ने उनको भनाइ थियो । कसैलाई पनि जात र धर्मका आधारमा विभेद गर्नु नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस