प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित


२९ माघ २०७९, आइतबार


विकास र समृद्धि

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकले पूर्व सांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

घले नेपाली काँग्रेसबाट वि.सं. २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । उनको ५९ वर्षको उमेरमा यही माघ २४ गते मङ्गलवार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन ३ गते बिहान ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस