राष्ट्रपति निर्वाचनमा को-को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : नेपाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपति निर्वाचनमा को-को सेन्टिफ्ल्याट खाने हुन्, म अहिले संकेतमात्र गर्छु : नेपाल


२८ माघ २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति निर्वाचनमा धेरैले नसोचेको परिणाम आउने सङ्केत गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रपतिमा धेरै व्यक्तिलाई पद दिएर आश्वस्त पार्न खोजिए पनि आफूले संकेतमात्र गर्ने धेरै नबोल्ने बताए ।

नेपालले भने–अहिले राष्ट्रपतिको चर्चा छ । प्रत्येक व्यक्ति म हुने भएँ भनेर दङ्ग परेका छन् । सबैलाई पद दिएको छ । म भइहालेँ भन्ने परेको छ । को-को सेन्टिफ्ल्याट खाने हुन् थाहा छैन । राजनीति यही ढङ्गले अघि बढेको छ, मैले संकेतमात्र गरेको हो । धेरै कुरा नभनौँ । हामी पनि छौँ है राष्ट्रिय राजनीतिमा भनेर सुदूरपश्चिमबाट देखाएका छौँ ।’

नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले सर्तसहित समर्थन गरेको भन्दै पहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बनाउन आफूले चाहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस