विव्यस अध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विव्यस अध्यक्षसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको लोकप्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सुनिता रावलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार अध्यक्ष रावल र कर्णाली जनजागृति समाज नेपालका अध्यक्ष सदानन्द भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अध्यक्ष रावलले विद्यालयको पुस्तकालय निर्माण गर्दा आधिकारिक रूपमा दर्ता नै नभएको कर्णाली जनजागृति समाजसँग अनलाइन सम्झौता गरी रकम हिनामिना गरेको अख्तियारको भनाई छ । चिनजान नै नभएका भट्टराईलाई सम्झौताबापतको पैसा पठाएर भट्टराईले पुस्तकालय निर्माण नगरेको पुष्टि समेत भएको अख्तियारको आरोप छ ।

रावलले विद्यालय कोषको रकम हिनामिना गरेको बताउँदै अख्तियारले उनीमाथि २ लाख १५ हजार बिगो कायम गरी हिनामिना भएको रकम असुल-उपर गर्न मागदावी समेत गरेको छ । त्यस्तै भट्टराईमाथि पनि अख्तियारले २ लाख १० हजार रुपैयाँ बुझेको र सो बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनलाई हिनामिना भएको रकम असुल उपर गर्न मागदावी गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस