भ्रष्टाचार नियन्त्रण गर्ने मुख्यमन्त्री शाहको पहिलो निर्णय « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

भ्रष्टाचार नियन्त्रण गर्ने मुख्यमन्त्री शाहको पहिलो निर्णय


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो निर्णय गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा स्थिर सरकार गठन गर्नका लागि सबै दलहरूसँग छलफल र सहकार्य गर्ने पनि मुख्यमन्त्री शाहले बताएका छन् । उनले आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।

उनले लामो समय विद्यार्थी राजनीति गरेर आएकाले जनताले महसुस गर्ने गरी काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् । यसअघि एमाले नेतृत्वको सरकार ढलेसँगै शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । काँग्रेसले ठूलो दलको हैसियतले सरकार चलाउने जिम्मा पाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस