वैकल्पिक शक्तिलाई स्थापित दलहरूले नै सिध्याउँछन् : सीके राउत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वैकल्पिक शक्तिलाई स्थापित दलहरूले नै सिध्याउँछन् : सीके राउत


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरूलाई स्थापित दलहरूले नै सिध्याउने गरेको आरोप लगाएका छन्। शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरूले कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास गरिरहेको उनको भनाइ थियो।

उनले नयाँ शक्तिको एजेण्डा बोकेका वैकल्पिक राजनीतिक दलहरूले सदनलाई भन्दा पनि सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। 

उनले सबै वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए। उनले वैकल्पिक शक्तिहरू एक ठाउँमा बसेर क्रान्तिको बीजारोपण गर्नसके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस