काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप-निर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।
उनले काँग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन्।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा जितेका रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि दाङमा उपनिर्वाचन भएको हो ।