मुलुकलाई अघि बढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक : बाबुराम भट्टराई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मुलुकलाई अघि बढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक : बाबुराम भट्टराई


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकलाई अघि बढाउनका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन् । 

शुक्रबार काठमाडौँमा विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले विगतको इतिहासबाट अनुभव बटुल्दै मुलुकलाई अघि बढाउनका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताए । 

नयाँ पार्टी तथा युवा पुस्ताले इतिहासलाई नकार्ने र धिक्कार्ने नभएर पुराना पुस्ताबाट सिक्नुपर्ने बताए । भट्टराईले सीमित जाति र परिवारले मात्र शासन गरेसम्म देश विकास पनि नहुने धारणा राखे । 

समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्ने प्रणाली लागु गर्न सबै लाग्नुपर्ने बताउँदै उनले लोकतन्त्रलाई जोगाएर यसका अपूर्णतालाई पूर्णता बनाएर छिटै मध्यमस्तरको समृद्ध मुलुकमा पुर्‍याउनुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस