सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रिमण्डल गठन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रिमण्डल गठन


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्री मण्डल गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । 

तीनै जनाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरूले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् ।

नेपाली काँग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो । काँग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश कैलाली क्षेत्र नं. ५ (२) बाट निर्वाचित भएका हुन् भने शाही बाजुरा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन्

Tags :
प्रतिक्रिया दिनुहोस