भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । आगामी १ फागुनमा उनी नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफ्नो ३ दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस