हामी सबैले सधैँ प्रयोग गर्न मिल्ने साधन होइनौँ : रञ्जिता श्रेष्ठ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

हामी सबैले सधैँ प्रयोग गर्न मिल्ने साधन होइनौँ : रञ्जिता श्रेष्ठ


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरू सबैले प्रयोग गर्न मिल्ने साधन नभएको बताएकी छन् ।

बिहीबार सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बहिस्कार गरे । नागरिक उन्मुक्ति पार्टीको मतको अपेक्षा गरेका मुख्यमन्त्री रावल नाउपाकै भोट नपाउँदा पदमुक्त भए ।

बिहीबार साँझ नै नाउपा अध्यक्ष श्रेष्ठले आफूहरू सबैले सधैँ प्रयोग गर्ने साधन नभएको बताएकी हुन् । ‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैँ प्रयोग गर्ने साधन होइनौँ’ उनले फेसबुकमा लेखेकी छन्, ‘यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनि सहभागिता रहनुपर्दछ । भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मूलवासीको अपमान गरेर मुलुक कहिल्यै समृद्धशाली हुन सक्दैन त्यसैले जनभावनाको कदर गरौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस