अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अहिले सरकारमा जाने योजना छैन : झलनाथ खनाल


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूहरू सरकारमा अहिल्यै नजाने बताएका छन् । बिहीवार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरवार आएका खनालले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जानेकुरा नभएको बताएका हुन् ।

उनले सरकारलाई आफूहरूले दिएको समर्थन जारी रहने समेत बताए । सरकारले राम्रो काम गरुन्जेल आफूहरूको समर्थन रहने उनको भनाई छ । उनले भने, ‘समर्थन चाहिँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल । अथवा नराम्रो काम नगरुन्जेल । नराम्रो काम नगरुन्जेल हाम्रो समर्थन रहन्छ । तर अहिले सरकारमा खानेकुरा हाम्रो त्यस्तो केही छैन ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस