मुख्यमन्त्री बन्ने होडबाजी नगरौँ : मुख्यमन्त्री रावल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री बन्ने होडबाजी नगरौँ : मुख्यमन्त्री रावल


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री  राजेन्द्र सिंह रावलले मुख्यमन्त्री बन्ने होडबाजी नगर्न आग्रह गरेका छन् ।

विश्वासको मतको प्रस्ताव पेस गर्न प्रदेश सभा बैठकको रोस्टममा पुगेका उनले को मुख्यमन्त्री बन्ने होडबाजीभन्दा विकासको ढोका खोल्नुपर्ने आवश्यकता रहेको बताए। 

अहिले पनि सहमति गरेर जानुपर्ने अवस्था रहेको उनले बताए । मुख्यमन्त्री रावलले सुदूरपश्चिमको विकासका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए ।

उनले रेमिट्यान्स भित्राउने कुरामा सुदूरपश्चिम पछाडि रहेको र सीमा सुरक्षा लगायतका विषयमा समस्या भएको बताए ।  ‘म सबैको सहयोगले मुख्यमन्त्रीको हैसियतमा पुगेको हुँ,’ उनले भने, ‘सुदूरपश्चिम अहिले पनि विकास र समृद्धिमा पछाडि छ। यसलाई अघि बढाउन अहिले पनि मिलेर जानुपर्ने बाध्यता छ।’ 

Tags :
प्रतिक्रिया दिनुहोस