पहिला निजामती सेवा ऐन बनाऔँ : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पहिला निजामती सेवा ऐन बनाऔँ : प्रधानमन्त्री प्रचण्ड


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि ऐनहरू बनाउन आवश्यक रहेको बताएका छन् । 

नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरवारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु नहुने बताए ।

उनले भने, “निजामती सेवा ऐनदेखि धेरै ऐनहरू बनाउन बाँकी छ । पहिला काम गरौँ, त्यसपछि मूलभूत विषयमा समीक्षा गरौँ । अहिले नै समीक्षातिर लाग्यौँ भने राजनीतिक अस्थिरता आउन सक्छ । दर्शन, सिद्धान्त, प्रणाली जनताले धेरै हेर्दैनन्, उनीहरूले आफ्नो जीवनमा आउने परिणाम हेर्छन् । सिस्टम जति राम्रो भए पनि जनताले स्विकारेनन् भने त्यो समस्या हुन्छ । जनता नै निर्णायक हुन् ।”

Tags :
प्रतिक्रिया दिनुहोस