सशस्त्रका ४ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस (नामावलीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सशस्त्रका ४ जना एसएसपी डिआइजीमा बढुवा सिफारिस (नामावलीसहित)


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । सशस्त्र प्रहरी बलले ४ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा मा बढुवा गर्न सिफारिस गरेको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) अनुसार बुधवार बसेको बढुवा समितिको बैठकले ४ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।

सशस्त्रको साधारण समूह साधारण उपसमूहतर्फ ४ जना डिआइजीको पद रिक्त छ।

रिक्त सो पदमा सुरेशकुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस