फागुन मसान्तसम्म कर तथा नवीकरण भुक्तानी गरेमा जरिबाना छुट हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फागुन मसान्तसम्म कर तथा नवीकरण भुक्तानी गरेमा जरिबाना छुट हुने


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । यातायात व्यवस्था कार्यालयले मोटरसाइकलको कर तथा नवीकरण भुक्तानीको लागि फागुन मसान्तसम्मको समय दिएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तभित्र कर बुझाएमा त्यस अवधिको जरिबाना छुट हुने कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौँले सूचना निकालेर पहिलेका वर्षहरूदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरूलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ।

हेर्नुुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस