काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीमा जीवन बीमा गराएका उनको दाबी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको सर्त बमोजिम बीमा दाबी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको सन लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए ।
आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए । सङ्घीय संसद भवन अगाडी आत्मदाह गर्नु अगाडि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मदाह गर्नु अगाडी नोट सार्वजनिक गरेका थिए ।
सो नोटमा नेपाल लाइफका अभिकर्ता तथा कर्मचारीले बीमा पोलिसी खरिद गर्दा ४र५ लाख रुपैयाँ खाइदिएको आरोप लगाएका थिए ।