लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा मुख्यमन्त्री गिरीले गरे मतदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनमा मुख्यमन्त्री गिरीले गरे मतदान


२५ माघ २०७९, बुधबार


दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान कार्य जारी रहेको छ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा रहेको मतदान स्थलमा पुगेर केही बेर अघि मुख्यमन्त्री लीला गिरीले पनि मतदान गरेका छन्।

यो समाचार तयार पार्दासम्म प्राप्त जानकारी अनुसार ३०५ मतदाता रहेकोमा ६० जना प्रदेशसभा सदस्यले मतदान गरे भने स्थानीय तहतर्फ १३५ मत खसेको छ।

मतदानका लागि २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। एक जना सदस्य चयन गर्न उपनिर्वाचन हुन थालेको हो।

मतदान दिउँसो ३ बजेसम्म हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस