ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड


२५ माघ २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड छलफलका लागि अध्यक्ष ओलीको निवास बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेताद्वयबीच समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस