लुम्बिनीमा राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा


२५ माघ २०७९, बुधबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी ३ जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिस्पर्धामा सहभागी छन् ।

सत्तारूढ एमालेकातर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि उक्त प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । उक्त रिक्त पदमा आज निर्वाचन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस