रिजाललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रिजाललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । सरकारले गोपालप्रसाद रिजाललाई राजपत्राङ्कित विशिष्ट श्रेणी(सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता रिजाललाई नायब महान्यायाधिवक्तामा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवासँगै उनलाई महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गरिएको छ ।

प्रधानन्यायाधीशको नेतृत्वमा रहेको ५ सदस्यीय न्याय सेवा आयोगको बैठकले वरिष्ठताका आधारमा रिजालको एकल नाम बढुवाका लागि सिफारिस गरेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता कृष्णजीवि घिमिरे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएसँगै माघ १८ गतेदेखि नायब महान्यायाधिवक्ता पद रिक्त रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस