चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट रवीन्द्रले दिए राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट रवीन्द्रले दिए राजीनामा


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । चलचित्र कलाकार सङ्घका अध्यक्ष एवं अभिनेता रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् ।

बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाह समेत नमानेको भन्दै उनले राजीनामा दिएका हुन् ।

खड्काले सामाजिक सञ्जालमा राजीनामा पत्र सार्वजनिक गर्दै आफूले सल्लाहकार समिति सदस्यबाट राजीनामा दिएको उल्लेख गरेका छन् । खड्काले कसैसँग व्यक्तिगत मनमुटाव नभएको र पदको लोभ पनि नभएको बताएका छन् ।

सल्लाहकार समितिले दिएका सुझाव कार्यान्वयन हुन नसकेको र केही महिनायता बोर्डबाट विवादित काम हुँदै आएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस