फरेष्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फरेष्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी सव-डिभिजन वन कार्यालयका फरेष्टर जय पृथ्वीराज बुढाथोकीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा फरेष्टर बुढाथोकीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

मुद्दा दायर हुनेमा बुढाथोकीसहित, कालिमाटी सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, सामुदायिक वन उपभोक्ता समूह कालिमाटी-३, सल्यानका अध्यक्ष भीमबहादुर कँवर, कोषाध्यक्ष जुद्धकुमारी वली र सचिव पुष्पा वली खासु मगर तथा दुर्गा ट्रेडर्स एण्ड सप्लायर्स, बबई गाउँपालिका-४, दाङका सञ्चालक दुर्गाप्रसाद वली छन् ।

तुलसीपुर-पुरन्धारा-बोटेचौर सडक-खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी–३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरू कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको अख्तियारको दाबी छ ।

अख्तियारले उनीहरूमाथि १ लाख ८७हजार ८७७ रुपैयाँदेखि  २ लाख ६८ हजार ५६१ रुपैयाँसम्म दण्ड जरिवानाको माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस