टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय नाघ्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय नाघ्यो


२४ माघ २०७९, मंगलबार


टर्की । टर्कीमा सोमबार गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ७ सय जनाभन्दा धेरै भएको छ ।

अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४ सय ४४ जना गरी ३ हजार ७ सय ४४ जनाको ज्यान गएको पुष्टि भइसकेको रोयटर्सले जनाएको छ ।

टर्कीमा मात्रै १४ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको र सिरियामा पनि कयौँ घाइते भएका बीबीसीले जनाएको छ । टर्कीमा सोमबार बिहान ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

हिजो बिहानको भूकम्पपछि कयौँ परकम्प गइरहेका छन् । रातभर पनि खोजी तथा उद्धारको काम भएको छ । लाखौँ मानिस घरबारविहीन भएका छन् । विस्थापितहरूलाई कठ्याङ्ग्रिँदो चिसोले समस्या थपेको छ।

यसैबीच भूकम्पका कारण भत्किएका संरचनामा फसेकाहरूको खोजी तथा उद्धारका लागि विश्वका विभिन्न देशबाट विशेषज्ञ टोली पुग्ने क्रम सुरु भएको छ ।

अहिले धेरैले उद्धार विशेषज्ञ, डाक्टर, उपकरण र विशेष तालिम प्राप्त कुकुरहरू पठाइरहेका छन् । युरोपेली सङ्घ, बेलायत, फ्रान्स, रुमेनिया, जर्मनी, हङ्गेरी, ग्रिस लगायतका देशबाट उद्धार टोली पुग्ने क्रम सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस