प्रधानमन्त्रीसमक्ष सेनाको राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीसमक्ष सेनाको राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ


२३ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाली सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरेको छ।

सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी ब्रिफिङ गरेका हुन्।

ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका थिए।

राष्ट्रिय सुरक्षासम्बन्धी उक्त विषयमा सामान्यतया सेनाले प्रधानमन्त्रीलाई मात्रै ब्रिफिङ गराउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डले भने देउवा र ओलीलाई पनि बोलाएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस