रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत


२३ माघ २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको हो।

राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाललाई तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस