राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले भोलि पत्रकार सम्मेलन गर्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राजीनामा दिएका रास्वपाका तीन मन्त्रीले भोलि पत्रकार सम्मेलन गर्दै


२२ माघ २०७९, आइतबार


काठमाडौँ । पदबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्रीहरूले पत्रकार सम्मेलन गर्ने भएका छन्  ।

आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले भोलि पत्रकार सम्मेलनको आयोजना गर्ने भएका हुन् । 

पत्रकार सम्मेलन सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय बसुन्धारामा गरिने जनाइएको छ ।

सम्बन्धित समाचार : रास्वपाका ३ मन्त्रीद्वारा राजीनामा

Tags :
प्रतिक्रिया दिनुहोस