रास्वपाका ३ मन्त्रीद्वारा राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रास्वपाका ३ मन्त्रीद्वारा राजीनामा


२२ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : सरकारबाट बाहिरिने रास्वपा निर्णय

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरूले आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका थिए ।

सम्बन्धित समाचार : रास्वपाका मन्त्रीहरूले आजै राजीनामा दिने

नागरिकता विवादमा सर्वोच्च अदालतबाट आएको फैसला अनुसार सांसद पद गुमाएका आफ्ना सभापति रवि लामिछाने गृह मन्त्रालयमा फर्कन नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस