चार डिआइजीको बढुवा निस्किँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चार डिआइजीको बढुवा निस्किँदै


२२ माघ २०७९, आइतबार


काठमाडौँ। सशस्त्र प्रहरी बलमा रिक्त प्रहरी नायब महानिरीक्षक (डिआइजी) का लागि बढुवा प्रक्रिया शुरु भएको छ । 

डिआइजी बढुवा गर्न बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले सूचना प्रकाशन गर्दै ७ दिनमा फाराम बुझाउन भनेका छन् । 

माघ १९ मा प्रकाशित सूचना अनुसार प्रतिस्पर्धीहरूले बढुवा प्रयोजनमा आवश्यक प्रमाण पत्रका प्रतिलिपिहरू संलग्न गरेर मूल्याङ्कन फारम भर्नुपर्छ । 

सशस्त्रमा १६ जना डिआइजीको दरबन्दी रहेकोमा ४ पद रिक्त रहेको छ । डिआइजी पदमा बढुवा हुन सी.सं-१ मा इन्स्पेक्टरमा भर्ना भएका अधिकृतहरू प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस