सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक मन्त्रिपरिषदमा « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक मन्त्रिपरिषदमा


२२ माघ २०७९, आइतबार


काठमाडौँ। गैर कानुनी सम्पत्ति आर्जन गर्ने परिपाटीलाई निरुत्साहित गर्न विभिन्न १८ वटा कानुन संशोधन गर्ने विधेयक सोमबारको मन्त्रिपरिषदमा पेस हुने भएको छ । कानुन मन्त्रालयले विधेयकको मस्यौदा स्वीकृत गरेर आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गरेको हो ।

मन्त्रिपरिषदमा पेस भएको विधेयक दफावार छलफलका लागि विधेयक समितिमा पेस गर्ने तयारी छ ।

कानूनमन्त्रीको नेतृत्वमा हुने समितिमा सत्तारुढ दलका एक/एक जना मन्त्री, सरोकारवाला मन्त्रालयका सचिव रहेछन् ।

समितिमा छलफल भएपछि विधेयक फेरि मन्त्रिपरिषदमा पेस हुने र त्यहाँबाट स्वीकृत भएर संघीय संसदमा दर्ता हुनेछ ।

प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार, एक साताभित्र संघीय संसद सचिवालयमा पेस गर्ने तयारी भएको विधेयक यो सरकारले संसदमा पेस गरेको पहिलो विधेयक बन्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस