सिन्धुलीमा पहिलो महिला सिडिओ बनिन् सुनिता  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिन्धुलीमा पहिलो महिला सिडिओ बनिन् सुनिता 


२२ माघ २०७९, आइतबार


काठमाडौँ । सिन्धुली जिल्लाले पहिलो पटक प्रमुख जिल्ला अधिकारीमा महिला पाएको छ।

प्युठानबाट सरुवा भई सिन्धुलीमा सुनिता नेपालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेसँगै पहिलो पटक जिल्ला प्रशासनको नेतृत्व महिलाले पाएको हो।

४७ औँ सिडिओको रूपमा सिन्धुली पुगेकी प्रजिअ नेपालले प्रशासनिक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाएकी छन् । आइतबार सञ्चारकर्मीहरूसँगको भेटघाटमा प्रजिअ नेपालले जिल्ला प्रशासनबाटै सेवा सुधारको थालनी गर्ने बर्ताकी हुन् । 

उनले पहुँचलाई भन्दा सेवाग्राहीलाई ध्यानमा राखेर प्रशासन सहित जिल्लाभरका कर्मचारीहरूले सेवा दिनुपर्ने बताइन्। 

Tags :
प्रतिक्रिया दिनुहोस