प्राधिकरणद्वारा हवाई सुरक्षाबारे ६ बुँदे निर्देशन जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्राधिकरणद्वारा हवाई सुरक्षाबारे ६ बुँदे निर्देशन जारी


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सुरक्षा सम्बन्धी ६ बुँदे निर्देशन जारी गरेको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै क्यानले हेलिकप्टर बाहेक अन्य वायुयानले भीएफआर फ्लाइट अन्तर्गत स्टेबलाइज अप्रोच गर्दा सर्ट टेकअफ र ल्यान्डिङ (स्टोल) विमानस्थलहरूमा जमिनको सतहबाट कम्तीमा ५ सय फिट तथा अन्य विमानस्थलहरूमा कम्तीमा एक हजार फिटको उचाइ अनिवार्य कायम गर्न निर्देशन गरेको हो । 

यस्तै,  समर सेडलुबाट लागु हुने गरी यान्त्रिक उडान हुने कन्ट्रोल एरोड्रममा उडान गर्ने स्टल वायुयान बाहेकका अन्य उडानहरूलाई आईएफआर फ्लाइट अप्रेसन मात्र गर्न पाउने प्राधिकरणले जनाएको छ । 

वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक/परीक्षक पाइलटले अर्को पाइलट प्रोफिसेन्सी चेक (पीपीसी) गर्नु पूर्व सम्बन्धित वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिस प्राप्त संस्था वा परीक्षकमार्फत अनिवार्य चेक गर्नुपर्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस