सन्दीपको निलम्बन फुकुवा क्यानले तत्काल फिर्ता लिनुपर्छ : गगन थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सन्दीपको निलम्बन फुकुवा क्यानले तत्काल फिर्ता लिनुपर्छ : गगन थापा


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट सङ्घ क्यानले गलत गरेको बताएका छन् ।

हतारोमा गलत निर्णय भएको भन्दै उनले तत्काल फिर्ता लिन माग गरेका हुन् ।

अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा धेरैले आफ्नो धारणाबारे प्रश्न गरेको भन्दै थापाले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । थापाले लेखेका छन्, ‘मेरो धारणा प्रस्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेका व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउनु हुन्न ।’

एक साताअघि काँग्रेस जिल्ला सभापति समेत रहेका क्यान अध्यक्ष चतुर बहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म हतारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको उनले बताएका छन् । काँग्रेस महामन्त्री थापाले भनेका छन्, ‘उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो, तर त्यसो हुन सकेन ।’

थापाले अघि भनेका छन्, ‘पुन दोहोर्‍याउन चाहन्छु, बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस